अध्यक्षको सन्देश

नागरिक शक्तिको यात्रामा तपाईँलाई स्वागत छ

नागरिक शक्ति नेपाल कुनै व्यक्तिको होइन यो जनताको विश्वास, देशप्रेम र परिवर्तनको आकांक्षाबाट जन्मिएको अभियान हो। हामीले सुरुवातदेखि नै पारदर्शी, उत्तरदायी र नागरिक–केन्द्रित राजनीतिक संस्कृति निर्माण गर्ने संकल्प लिएका छौँ।

हाम्रो लक्ष्य स्पष्ट छ 
राष्ट्रिय स्वाधीनता सुरक्षित गर्ने, सुशासनलाई संस्थागत गर्ने र समृद्ध नेपालको आधार निर्माण गर्ने।

आज देशलाई आवश्यक नेतृत्व भनेको
 राष्ट्रलाई सर्वोपरि मान्ने सोच
जनताको भावनासँग जोडिएको निर्णय
 र दीगो समाधानमा केन्द्रित राजनीति हो।

नागरिक शक्ति नेपाल यही बाटोमा अघि बढिरहेको छ।
हाम्रो प्रत्येक कदम हाम्रो प्रत्येक नीति देशकै हितमा समर्पित छ।

यदि तपाईं पनि परिवर्तनको पक्षमा हुनुहुन्छ, पारदर्शी र जिम्मेवार राजनीतिक यात्रामा सहभागी हुन चाहनुहुन्छ भने
नागरिक शक्ति नेपालको सदस्यता लिएर यो अभियानको सक्रिय भाग बन्नुहोस्।

सहयोग, सुझाव र विश्वासका लागि धन्यवाद।
साथै, आगामी दिनहरूमा अझ शक्तिशाली नागरिक सहभागिता निर्माण गर्न हामी तपाईंको साथको अपेक्षा गर्दछौँ।

           अध्यक्ष
नागरिक शक्ति नेपाल