हाम्रो प्रतिबद्धताहरू
नागरिक शक्ति, नेपालका प्रतिबद्धताहरू ।
१. अखण्डित सार्वभौमिकता (सुदृढ स्थानीय सरकार र केन्द्र)
२. गैर जातिवादी अवधारणाको कार्यान्वयन ।
३. सामाजिक सन्तुलनको नीति र कार्यक्रम ।
४. ट्रेड युनियनिजमको अन्त्य । (मजदुर परिवारलाई निःशुल्क शिक्षा स्वास्थ्य र न्यायको ग्यारेण्टी)
५. जनमुखी कर प्रणाली ।
६. निःशुल्क शिक्षा, स्वास्थ्य, न्याय र सुरक्षा सेवा ।
७. विद्यार्थी, शिक्षक, कर्मचारी, चिकित्सक र पत्रकारहरूको दलगत संघ संगठन वर्जित ।
८. मौलिक ज्ञान र कर्ममुखी विज्ञानसम्मत राष्ट्रिय शिक्षा ।
९. भ्रष्टाचारशून्य राज्य संयन्त्र र समाज । (भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको कानूनी व्यवस्था)
१०. सबल र सुदृढ नेपाली राष्ट्रिय सेना ।
११. स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्धनलाई उच्च प्राथमिकता ।
१२. शैक्षिक र आर्थिक रूपमा पिछडिएका वर्ग लक्षित समतिकरणका विशेष आर्थिक तथा सामाजिक कार्यक्रम ।
१३. जनमैत्री, पारदर्शी र कार्यमुखी नव संरचना सहितको कर्मचारी प्रशासन ।
१४. कृषकलाई उच्च सम्मान, महा पुरस्कार, विशेष सुविधा र पहिचान ।
१५. प्रकृति संरक्षण, स्वस्थ हावा, स्वस्थ पानी र स्वस्थ जीवनको सुनिश्चितता । (यस सम्बन्धी कठोर कानूनी व्यवस्था)
१६. सन्तुलित एवं राष्ट्रहित केन्द्रित परराष्ट्र नीति र व्यवहार ।
१७. उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्र ।
१८. हरेक स्तर र तहमा एक व्यक्ति, एक पद, र एक कार्यकालको अनिवार्य व्यवस्था ।
१९. सम्पत्तिमा बाबुआमाको स्वैच्छिक अधिकार (विद्यमान अंश प्रणाली खारेज) ।
२०. बहुमूल्य जडिबुटी तथा गाँजाको उत्पादनलाई वैधानिकता दिई व्यावसायिक उत्पादनलाई प्रोत्साहन ।
२१. राष्ट्रिय पूँजीको विकास । (एकाधिकारवादी पूँजीवादको अन्त्य) ।
२२. मुलुकको सांस्कृतिक पहिचान स्थापित । (धार्मिक पहिचानको राष्ट्र र धर्म निरपेक्ष राज्य प्रणाली)
२३. महिला र पिछडिएका समुदायका लागि आत्मनिर्भरताका विशेष कार्य योजना । (अनुमतिपत्र, ऋण र ब्याजमा सहुलियत)
२४. संविधानका देश प्रतिकुल अस्थिरता र गरिबी ग्यारेण्टी गर्ने प्रावधानहरू खारेज गरी संविधानमा परिमार्जन ।