हाम्रो बारे
नागरिक शक्ति, नेपाल नवीन सोच , नविनतम विचार दर्शन तथा देशलाई समृद्ध तुल्याउने ठोस प्रतिबद्धताका साथ स्थापना भएको राजनीतिक सङ्गठन हो ।
नेपाली राष्ट्रियता, सार्बभौमिक सर्वोच्चता, राष्ट्रिय एकता, स्वधर्म,सस्कृति, इतिहास र मौलिक सभ्यताको रक्षा गर्दै सुशासित समृद्ध नेपालको पक्षमा यो पार्टीले आफूलाई दृढतापूर्वक उभ्याएको छ। मुलुकको सास्कृतिक पहिचान, अखण्डित सार्बभौमिकता, अधिकारसम्पन्न स्थानीय तह सहित दुई तहको सरकार, जातिवाद र क्षेत्रीयताबादी अवधारणाको बिसर्जन, ट्रेड युनियानिज्मलाई निरुत्साहन, शिक्षक, प्राध्यापक , कर्मचारी , चिकित्सक, मजदूर र विद्यार्थीले दलगत आधारमा सङ्गठन खोल्नुपर्ने बाध्यताको अन्त्य, मजदूर परिवारलाई निस्शुल्क शिक्षा र स्वास्थ्यको अनिवार्य ब्यबस्था, किसानलाई महापुरष्कार र सम्मान , जनमुखी कर नीति , कानून निर्माणमा मात्र केन्द्रीत संसद, एक ब्यक्ती, एक पद, एक कार्यकालको ब्यबस्था , न्यायपालिका र कर्मचारी संयन्त्रको पुनर्संरचना , कार्यमुखी एबम जनमैत्री प्रशासन , मुलुकमा लगानीमैत्री वातावरण , प्राकृतिक सम्पदाहरूको पूर्ण संरक्षण र विकाश, गाजा लगायत औषधीय गुण भएका जडिबुटीहरूको प्रबर्द्धन, सुदृढ नेपाली राष्ट्रिय सेना र सक्षम प्रहरी लगायतका देशकेन्द्रीत नीति र कार्यक्रमको पक्षमा नागरिक शक्ति दृढ रहेको छ । युवाशक्तिमा स्वदेशप्रति आशा र भरोसा जगाउन पाठ्यक्रममा सुधार गरि स्वरोजगारमुखी विशेष कार्यक्रम तर्जुमा गर्ने नागरिक शक्तिको प्रतिबद्धता छ ।
हामी परस्पर घृणा र अनेकता पैदा गर्ने राजनीतिक क्रियाकलापमा पूर्ण विराम दिन चाहन्छौ । बडामाहाराजाधिराज पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, राजा महेन्द्र, बीपी कोइराला, टङ्कप्रसाद आचार्य, गणेशमान सिंह , कृष्ण प्रसाद भट्टराई , मनमोहन अधिकारी र मदन भण्डारीले यो मुलुकका लागि पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै संवाद, सहमति , समन्वय र दबाबको कार्यनीतिद्वारा आमूल परिवर्तनको दिशामा अघि बढ्ने कार्ययोजनामा हामी प्रतिबद्ध छौँ ।
जनताको खुशी नै विकाश हो , हामी यही लक्ष हासिल गर्न सदा क्रियाशील रहने छौँ । जय मातृभूमि ।
नागरिक शक्ति, नेपालका प्रतिबद्धताहरू ।
१. अखण्डित सार्वभौमिकता (सुदृढ स्थानीय सरकार र केन्द्र)
२. गैर जातिवादी अवधारणाको कार्यान्वयन ।
३. सामाजिक सन्तुलनको नीति र कार्यक्रम ।
४. ट्रेड युनियनिजमको अन्त्य । (मजदुर परिवारलाई निःशुल्क शिक्षा स्वास्थ्य र न्यायको ग्यारेण्टी)
५. जनमुखी कर प्रणाली ।
६. निःशुल्क शिक्षा, स्वास्थ्य, न्याय र सुरक्षा सेवा ।
७. विद्यार्थी, शिक्षक, कर्मचारी, चिकित्सक र पत्रकारहरूको दलगत संघ संगठन वर्जित ।
८. मौलिक ज्ञान र कर्ममुखी विज्ञानसम्मत राष्ट्रिय शिक्षा ।
९. भ्रष्टाचारशून्य राज्य संयन्त्र र समाज । (भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको कानूनी व्यवस्था)
१०. सबल र सुदृढ नेपाली राष्ट्रिय सेना ।
११. स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्धनलाई उच्च प्राथमिकता ।
१२. शैक्षिक र आर्थिक रूपमा पिछडिएका वर्ग लक्षित समतिकरणका विशेष आर्थिक तथा सामाजिक कार्यक्रम ।
१३. जनमैत्री, पारदर्शी र कार्यमुखी नव संरचना सहितको कर्मचारी प्रशासन ।
१४. कृषकलाई उच्च सम्मान, महा पुरस्कार, विशेष सुविधा र पहिचान ।
१५. प्रकृति संरक्षण, स्वस्थ हावा, स्वस्थ पानी र स्वस्थ जीवनको सुनिश्चितता । (यस सम्बन्धी कठोर कानूनी व्यवस्था)
१६. सन्तुलित एवं राष्ट्रहित केन्द्रित परराष्ट्र नीति र व्यवहार ।
१७. उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्र ।
१८. हरेक स्तर र तहमा एक व्यक्ति, एक पद, र एक कार्यकालको अनिवार्य व्यवस्था ।
१९. सम्पत्तिमा बाबुआमाको स्वैच्छिक अधिकार (विद्यमान अंश प्रणाली खारेज) ।
२०. बहुमूल्य जडिबुटी तथा गाँजाको उत्पादनलाई वैधानिकता दिई व्यावसायिक उत्पादनलाई प्रोत्साहन ।
२१. राष्ट्रिय पूँजीको विकास । (एकाधिकारवादी पूँजीवादको अन्त्य) ।
२२. मुलुकको सांस्कृतिक पहिचान स्थापित । (धार्मिक पहिचानको राष्ट्र र धर्म निरपेक्ष राज्य प्रणाली)
२३. महिला र पिछडिएका समुदायका लागि आत्मनिर्भरताका विशेष कार्य योजना ।
(अनुमतिपत्र, ऋण र ब्याजमा सहुलियत)
२४. संविधानका देश प्रतिकुल अस्थिरता र गरिबी ग्यारेण्टी गर्ने
प्रावधानहरू खारेज गरी संविधानमा परिमार्जन ।

यो अन्तर्वार्ता २०७२ असोज ३ गते, संविधान जारी भएको तेस्रो दिन, एभिन्युज खबर टेलिभिजनका लागि टिकाराम यात्रीले लिनु भएको थियो। देव प्रकाश त्रिपाठीसँग पत्रकारको रूपमा त्यसबेला गरिएको कुराकानी सान्दर्भिक देखिएकोले यहाँ प्रस्तुत गरिएको छ। अन्तर्वार्तामा त्रिपाठीले संविधानले गरिबी र अस्थिरताको ग्यारेन्टी गर्ने निष्कर्ष निकाल्नु भएको थियो। त्यसबेला अन्तर्वार्तामा जे भन्नु भएको थियो, समयले सोही कुराको पुष्टि गरेको ठानिएको छ।
(This interview was conducted on Aswin 3, 2072—the third day after the promulgation of the Constitution—by Tikaram Yatri for Avinyus Khabar Television. The conversation held with Dev Prakash Tripathi in his capacity as a journalist at that time has been presented here as it seems relevant. In the interview, Tripathi concluded that the Constitution guarantees poverty and instability. It is believed that time has since confirmed exactly what was stated in that interview.)